काठमाडौं : नेपाल प्रहरीको अतिरीक्त महानिरीक्षक (एआइजी) पदमा पुष्कर कार्की, ठुले रार्इ र धिरू बस्नेतलार्इ बढुवा सिफारिस गरिएको छ । गृह सचिव प्रेमकुमार रार्इको अध्यक्षतामा बसेको बढुवा समितीले मंगलबार राती उनीहरुलार्इ एआइजीमा बढुवा सिफारिस गरेको हो । तीन महिना अघि गृहमन्त्रालयले एआइजीमा तीन जनाको मात्र दरवन्दी कायम गरेको थियो ।
पहिलो नम्बरमा कार्की, दोस्रोमा र तेस्रोमा बस्नेतको नाम सिफारिस गरिएको छ । एआईजीका लागि ५ जना डिआइजी मुख्य प्रतिस्पर्धी रहेका थिए। यसअघि दोस्रो बरियतामा रहेका मनोज न्यौपाने र अर्का डिआइजी सुरेन्द्र विक्रम शाह बढुवा सिफारिसमा परेनन् ।
कार्की हाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, राई लागूऔषध नियन्त्रण ब्यूरो र बस्नेत सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा कार्यरत् छन् । कार्की हाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, राई लागूऔषध नियन्त्रण ब्यूरो र बस्नेत सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा कार्यरत् छन्
प्रहरी नियमावली २०७१ को नियम २७ को १ (क) अनुसार एआईजी बढुवा समितिम गृहसचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ।