Tuesday, September 21, 2021
घरसमाचारनेविसंघ को १२ औं महाधिवेशन कात्तिकमा

नेविसंघ को १२ औं महाधिवेशन कात्तिकमा

 काठमाण्डौ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आगामी कात्तिक १६, १७ र १८ गतेदेखि हुने भएको छ । सोमबार राति सकिएको केन्द्रीय कार्यसमितिको बैठकले १२ औ महाधिवेशन कात्तिक १६, १७ र १८ गते गर्ने निर्णय गरेको अध्यक्ष नैनसिंह महरले जानकारी दिए । तर, महाधिवेशन कुन जिल्लामा गर्ने भन्ने तय भइनसकेको अध्यक्ष महरले बताए ।
बैठकले अध्यक्ष महरले पेश गरेको कार्यतालिका अनुमोदन गरेको हो ।

जसअनुसार असोज ७ गते विद्यालय र क्याम्पसको अधिवेशन सुरु हुनेछ । १२ गते स्थानीय तहमा, १५ गते निर्वाचन क्षेत्रमा, २१ गते जिल्लामा र कात्तिक १० र ११ गते सातवटै प्रदेशमा अधिवेशन गर्ने तालिका रहेको छ । काठमाडौं उपत्यकाको क्याम्पस असोज २३ गते गर्ते तयारी छ । महाधिवेशन प्रतिनिधिको नाम कात्तिक १३ गते र अन्तिम नामावली कात्तिक १४ गते प्रकाशन, १६ गते महाधिवेशन उद्घाटन तथा १७ र १८ गते बन्द सत्र गर्ने अध्यक्ष महरले बताए ।महाधिवेशनका लागि नेविसंघभित्र सवैको साझा धारणा रहेकाले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुने पनि अध्यक्ष महरले दाबी गरे ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments