२६ भदौ,काठमाण्डौ । सुर्खेतमा चट्याङ लागेर एक जनाको मुत्यु भएको छ ।गुर्भाकोट नगरपालिका १४ जुगेपानीका ५० वर्षीया प्रेमबहादुर कामीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मंगलबार बिहान १ बजे घरमा चट्याङ परेको थियो । चट्याङ लागेर मृतक कामीकी श्रीमती खगिसरा घाइते भएकी छन् । चटेयाङ लागेर गोठमा रहेको २ ओटा गाई, एउटा गोरु र एउटा कुकुर समेत मरेको प्रहरीले जनाएको छ ।