Sunday, June 13, 2021
घरBanner Newsठमेल नजिकै ज्याठामा आगलागी, १० करोड बराबरको क्षति

ठमेल नजिकै ज्याठामा आगलागी, १० करोड बराबरको क्षति

काठमाडौं । मंगलबार बिहानै काठमाडौं‌को ठमेलस्थित ज्याठा चोक नजिकै आगलागी भएको छ । पुन्य तारा स्थापितको घरबाट सुरु भएको आगो समयमै नियन्त्रण गर्न नसक्दा संगै जोडिएको कल्पना तुलाधरको घरमा पनि क्षति पुगेको छ । ज्याकेट फ्याक्ट्रिको गोदाममा रहेको सिलिन्डर पड्कदा आगलागी भएको हो ।बिहान चार बजेतिर बाट सुरु भएको आगलागी झण्डै दुर्इ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । गल्लि सागुरो भएका कारण दमकल पुग्न समेत समस्या भएको थियो । ठूलो मात्रामा भौतिक क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

स्थापितको घरको पहिलो तलाबाट आगलागी सुरु भएको थियो । आगो भुइँतलामा सल्किएपछि अनियन्त्रित भएको थियो । भुइँतलामा अक्सिजनका सिलिण्डर राखिएको थियो । ६ तले घरको चार तला पूर्णक्षति भएको छ ।

ग्याँस सिलिण्डर विष्फोटका आवाजले त्रसित बनेका स्थानीय बिहानै सुरक्षित स्थान खोज्दै जमल पुगेको प्रहरीले जनाएको छ । सिलिण्डर पड्किदा नजिकै रहेका घरका झ्यालका सिसाहरु फुटेको स्थानीयले बताएका छन् ।

दरबारमार्ग प्रहरी वृत्तका डीएसपी दानबहादुर मल्लले आगलागीबाट १० करोड बराबरको क्षति अनुमान गरिएको जानकारी दिए । उनका अनुसार आगलागीको जानकारी पाएलगत्तै दमकलहरु पुगपनि ग्याँस सिलिण्डर पड्किनेक्रम नरोकिएपछि आगो नियन्त्रणमा समस्या भएको थियो । आगो नियन्त्रणका लागि जुद्ध बारुणयन्त्रलगायत दमकलसँगै सुरक्षाकर्मीका दमकलहरु पनि परिचालित भएका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments