काठमाण्डौ । नेपाली सांगीतिक आकासका चर्चित गायक हिमाल सागरको हिमाल मेरो शिर गीत बजारमा आएको छ । आज सामाजिक सञ्जाल युट्युव मार्फत गाएक सागरले आफ्नो गीत सार्वजनिक गरेका छन् । देशप्रेमले भरीएको गीतमा नेपाललाई वर्णन गरीएको छ । उनले आफ्नो राष्ट भक्ति गितमार्फत ब्यक्त गरेका छन् । हिमाल सागरको स्वर रहेको गीतको संगीत स्वयम सागरले भरेका छन् । डा। अचुत शर्माको शब्द रहेको गीतको सम्पादन संजय हमालले गरेका छन् ।
झण्डैं डेड दशक देखी निरन्तर सांगीतीक क्षेत्रमा सक्रिय हिमालले देश प्रेमको भावका कारण यस्तो गीत बजारमा ल्याएका हुन् । झण्डैं २ सय भन्दा बढी गीतमा आवाज दिइसकेका हिमालले आफुले गाउने प्राय गीतहरु आँफैं कम्पोज गर्ने गरेका छन् ।उनका सबैजसो गीत नेपाली दर्शक श्रोताको मन जित्नेखालको रहेको छ । उनको यो गीतमा नेपालको प्रकृति , ,जिवजन्तु चालचलन भाषालाई वर्णन गरेका छन् ।