२५ भदौ, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । बुधबार बैठक बसेर पार्टी कमिटी र जबज मोर्चा एकताबारे टुंगो लगाउने प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच आज सहमति भएको छ ।
यसअघि २४ र २५ मा सचिवालय र २६ र २७ मा स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर, भारत भ्रमणमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २४ गते मात्र स्वदेश फर्किए । सोमबार पनि सचिवालय बैठक बसेन । आज भएको दुई नेताहरुको भेटमा प्रचण्डको चार दिने भारत भ्रमण सफल भएको समिक्षा समेत भएको छ ।