Friday, July 30, 2021
घरसमाचारपशुपति क्षेत्रमा फोहर फाल्न खोज्ने चालक कारवाहीमा

पशुपति क्षेत्रमा फोहर फाल्न खोज्ने चालक कारवाहीमा

काठमाडौँ: रातिको समयमा गाडीमा पशुपति क्षेत्रको जङ्गलमा फोहर फाल्दै गरेका चालक कारवाहीमा परेका छन् । आइतबार राति तिलगङगा–गुह्येश्वरी मार्गबाट बा२ख २६८८ नं ट्रकले विश्वसम्पदा सूचीमा सूचीकृत जङ्गल क्षेत्रमा फोहर फाल्न खोज्दा स्थानीय बासिन्दाले पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएका थिए ।

चालक सुदीप खड्का र सवारीलाई रातभर नियन्त्रणमा राखी कारवाहीका लागि वडा कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताउनुभयो । सवारी चालकलाई काठमाडौँ महानगरपालिका वडा नं ८ कार्यालयले आगामी दिनमा पशुपति क्षेत्रमा फोहर नफाल्ने शर्तमा रु पाँच हजार जरिवाना गरी छोडिदिएको वडा अध्यक्ष दीनेश डङ्गोलले जानकारी दिनुभयो ।

चालकले बबरमहलबाट फोहर लगी पशुपति जङ्गलमा फाल्न खोजेका थिए । ऐतिहासिक पशुपति जङ्गलको बीचबाट तिलगङ्गा–गुह्येश्वरी मार्ग खुलेपछि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले विश्व सम्पदाबाट हटाउने चेतावनी दिइसकेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments