Sunday, August 1, 2021
घरBanner Newsडिल्लीबजार कारागारबाट बाजा-गाजासहित रिहा भए छविलाल

डिल्लीबजार कारागारबाट बाजा-गाजासहित रिहा भए छविलाल

काठमाण्डौ : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या घटनाको आरोपमा गत असार २४ गतेदेखि जेल  जीवन विताइरहेका छवि लाल पौडेल सफाई पाए पछि सोमवार विहान डिल्लीबजार कारागारबाट रिहा भए ।

उनी रिहा भए लगत्तै उनलाई स्वागत गर्न दर्जनौ आफन्त तथा तत्कालिन माओवादीका नेता तथा कार्यकर्ता डिल्लीबजार पुगेका थिए । बाजागाजा सहित उनलाई स्वागत गरिएको थियो । फुल माला र अविर लगाएर बाहिरिएका छविलालले डिल्लीबजारमा रहेको मन्दिरमा दर्शन समेत गरे ।

उनलाई स्वागत गर्न प्रचण्ड नै डिल्लीबजार आउने बताइएपनि उनी त्यहाँ आएनन् । पटक पटक सर्दै आएको अधिकारी हत्या सम्बन्धी मुद्धाको जिल्ला अदालत चितवनले आइतवार फैसला गरेको हो । जिल्ला अदालतका मुख्य न्यायाधिश कुल प्रसाद शर्माको इजलासले मुद्धा लागेका १३ मध्ये १२ जनालाई सफाई दिएको हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments