२४ भदौ , काठमाण्डौ । भारतसँग विगतमा गरिएको सहमति कार्यान्वयनका लागि आवश्यक वातावरण बनाउन आफूले गरेको भ्रमण सफल रहेको नेकपाका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले बताएका छन् । ३ दिने भारत भ्रकण सकेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरुसंग कुरागर्दै उनले नेपालमा बलियो सरकार बनेकोमा भारतीय नेतृत्व खुसी रहेको अनुभूति गरेको बताए ।
भारत बसाईका क्रममा प्रधानमन्त्री मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायत उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थीए । भेटमा भारतीय नेताहरुले नेपालको समृद्धि र विकास चाहेको आफू पाएको पनि अध्यक्ष दाहालले स्पष्ट पारे ।एक अर्को प्रसंगमा अध्यक्ष दाहालले मन्त्रीमण्डल हेरफेरको विषय प्रधानमन्त्री केपी ओलीले भने अनुसार नै हुने पनि स्पष्ट पारे ।
अध्यक्ष दाहालले वृद्धभत्ता नबढाएकोमा जनगुनासो बढदै गएपछि आफूले त्यसलाई व्यवस्था गर्न पुरक बजेटको कुरा प्रधानमन्त्री ओलीसँगै उठाएको बताए ।अध्यक्ष दाहाल आगामी असोज एक गते चीन भ्रमणमा जाने बताईएको छ ।