Sunday, August 1, 2021
घरसमाचारनवनियुक्त प्रधान सेनापति  थापालाई  दर्ज्यानी चिन्ह प्रदान

नवनियुक्त प्रधान सेनापति  थापालाई  दर्ज्यानी चिन्ह प्रदान

काठमाण्डौ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधान सेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् ।राष्ट्रपति समक्ष नवनियुक्त प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

समारोहमा उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, माननीय गृहमन्त्री, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी , सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थित रहेको थियो ।अघिल्ला प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भदौ २४ गतेबाट अवकाश पाउने भएपछि एक महिनाअघि नै विदा बसेका थिए ।

विगतको प्रचलन अनुसार विदा बस्नुअघि क्षेत्रीले थापालाई कार्यभार हस्तान्तरण गरेका थिए । सरकारले साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो । उनले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजै नेपालको ४३ औँ प्रधानसेनापतिका रूपमा पद बहाली गरे । विसं २०१७ भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मिएका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थीए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments