Wednesday, October 27, 2021
घरखेलकुदनेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइलनमा

नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइलनमा

काठमाण्डौ । नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइलनमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई दुई शून्यले हराउँदै नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

नेपाललाई जिताउन विमल घर्तिमगर र नवयुग श्रेष्ठले गोल गरे । ३३ औँ मिनेटमा विमलले प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपरको हातबाट फुत्किंदै गोल भएको थियो ।

खेलको ९० औं मिनेटमा नवयुगले अर्को गोल गरेका थिए । नेपालले अर्को समूहको उपविजेतासँग खेल्नेछ । अर्को समुहबाट कुन टीम विजेता र उपविजेता बन्ने भन्ने टुंगो लागिसकेको छैन ।

आजको पहिलो खेलमा भुटानलाई पाकिस्तानले हराएपछि नेपालले बंगलादेशलाई हराउनैपर्ने दबाब थियो । लगभग ३ हजार दर्शक रहेको बंगबन्धु रंगशालामा नेपालले त्यसै अनुसारको खेल खेल्दै जित मात्र हात पारेन समूह विजेता पनि बनेको हो । नेपाल रहेको समूहबाट पाकिस्तान उपविजेता बनेको छ भने आयोजक बंगलादेश समूह चरणबाटै बाहिरिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments