Tuesday, June 15, 2021
घरविश्वउत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव

उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव

एजेन्सी ।उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यांक र तोपसहित हजारौं सैनिकले मार्चपास गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनियाँ राष्ट्रपतिका कुटनीतिक प्रतिनिधिले समेत नेता किमसँगै मार्चपास गर्ने सैनिकले चढाएको सलामी ग्रहण गरेका थिए ।

दोस्रो विश्वयुद्ध समाप्त हुनैलाग्दा कोरियाली द्वीपलाई विभाजन गरी ७० वर्षअघि रुस र अमेरिकाले सेप्टेम्बर ९, १९४८ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) स्थापना भएको घोषणा गरेका थिए ।

एक्काइस तोपको सलामी पश्चात् किम इल सुङ स्क्वाएर छिचोल्दै दर्जनौं सैनिक टुकडीले मार्चपास गरेको थियो । सैनिकहरुमध्ये केहीले नाइट–भिजन चश्मा लगाएका थिए भने केहीले रकेटयुक्त ग्रिनेड लन्चर बोकेका थिए । यी आधुनिक हतियार सहितको मार्चपासलाई नेता किमसहितका विशिष्ट व्यक्तिले रोष्ट्रमबाट अवलोकन गरेका थिए ।

नेता किमसँगै चिनियाँ प्रतिनिधि एवं चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो स्थायी समितिका सदस्य ली झाङ्सु रहेका थिए । उनीहरु दुवैबीच समयसमयमा कुराकानी भएको देखिन्थ्यो ।

मार्चपासमा सैनिक बाहन, रकेट लन्चर्स र ट्याङ्कहरुको लाइन अघि बढेको थियो । आकाशमा सैनिक विमानले आतिसबाजी देखाएका थिए । अन्त्यमा, क्षेप्यास्त्रहरु देखाइएको थियो । त्यहाँ जहाज विध्वंसक क्रुज क्षेप्यास्त्र जडित कुम्सोङ–३ र जमिनबाट हावामा मार हान्ने पोन्गे–५ देखाइएको थियो ।

तर मार्चपासमा गत वर्ष पहिलोपटक परीक्षण गरिएका संयुक्त राज्य अमेरिकासम्म मार हान्न सक्ने ह्वासोङ–१४ र १४ क्षेप्यास्त्र प्रदर्शन गरिएन ।

‘उत्तर कोरियाले सैनिक क्षमतालाई नियन्त्रणमा राख्न चाहेको देखिन्छ । उत्तर कोरियाले आणविक निःशस्त्रीकरणमा देखाएको प्रतिबद्धता स्वागतयोग्य छ र यसलाई सबैले प्रोत्साहित गर्नु पर्दछ’, कोरिया जोखिम समूहका व्यवस्थापन निर्देशक चाड ओक्यारोलले भन्नुभयो ।

सैनिक मार्चपास सकिएलगत्तै हजारौं नागरिकले कोरिया एकीकरणको आग्रह गरिएका प्लेकार्ड सहित रंगीबिरङ्गी पहिरनमा प्रस्तुतीकरण गरेका थिए ।

अप्रिलमा किमले उत्तर कोरियाको आणविक विकासको काम समाप्त भएको घोषणा गर्नुभएको थियो । उहाँले समाजवादी आर्थिक विकासमा ध्यान दिइने जानकारी पनि दिनुभएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments