२२ भदौ, काठमाडौं । मुलुकी संहिताका केही प्रावधानले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने भन्दै पत्रकारहरुले त्यसलाई हटाउन माग गर्दै शुक्रबार बानेश्वरमा प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघसँगै प्रेससँग सम्बन्धित विभिन्न संघसंस्थाले गरेको प्रदर्शनमा पत्रकारहरुले आफ्ना सञ्चार सामग्री भुइँमा राखेर प्रदर्शन गरेका थिए ।