Wednesday, October 27, 2021
घरBanner Newsचीन र नेपालबीचको पारवहन सम्झौतापछि भारतसंगको परनिर्भताको अन्त (सम्झौता पत्रसहित)

चीन र नेपालबीचको पारवहन सम्झौतापछि भारतसंगको परनिर्भताको अन्त (सम्झौता पत्रसहित)

काठमाडौं : चीनका सबै व्यापारीक बन्दरगाह प्रयोग गर्न पाउने गरी चीन र नेपालबीच एैतिहासिक सम्झौता भएको छ । बुधबार र बिहिबार गरी दुर्इ दिन काठमाडौँमा भएको छलफलमा नेपाल र चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर भएको हो । चीनसंगको सहमतिसंगै तेस्रो देशसंग व्यापार गर्न भारतको मात्र निर्भर हुनुपर्ने अवस्थाको अन्त भएको छ ।

दुई देशका अधिकारीबीच बिहीबार मध्यराति सम्पन्न बैठकले नेपाल–चीनबीच भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिएको हो। नेपालले अब तेस्रो मुलुक जापान, कोरियालगायत देशबाट सामान ल्याउँदा चीनका सामुद्रिक बन्दरगाह थेन्जिन, सेन्जेन, ल्यानयुयान र झान्जियाङ तथा चीनका सुख्खा बन्दरगाह लान्झोउ, ल्हासा र सिगात्से प्रयोग पाउने छ।

यस्तै, ती बन्दरगाहबाट नेपालसम्म आउने जुनसुकै उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धीत प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया, पारवहनसँग सम्बन्धी विविध विषयमा पनि महत्वपूर्ण सम्झौता भएको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

नेपालका तर्फबाट बाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू र चीनका तर्फबाट यातायात सेवा विभागका महानिर्देशक वाङ सुपिङको नेतृत्वमा बुधबार र बिहीबार छलफल भएको हो ।

नेपाल र चीनबीच सन २०१६मा सम्पन्न पारवहन संझौताको प्रोटोकलको तेस्रो परामर्श बैंठकले चीनका ठूला समुद्रिक र सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्ने बारेमा सहमति जुटेको हो।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments