Wednesday, June 16, 2021
घरBanner Newsभारतमा प्रचण्ड: आजदेखि राजनीतिक भेटवार्ता सुरु, भोली मोदीसंग भेटवार्ता

भारतमा प्रचण्ड: आजदेखि राजनीतिक भेटवार्ता सुरु, भोली मोदीसंग भेटवार्ता

काठमाडौँ : बिहिबार दक्षिण छिमेकी भारतको भ्रमणमा गएका पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारबाट राजनीतिक भेटवार्ता सुरु गर्ने कार्यतालिका छ । चार दिने भारत भ्रमणका क्रममा बिहिबार नयाँ दिल्ली उत्रिएका प्रचण्डलार्इ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले ताजमहलमा डिनर पार्टी दिएका थिए ।

शुक्रबारबाट सुरु हुने भेटवार्तामा प्रचण्डले मध्यान्ह साढे १२ बजे भारतका गृहमन्त्री राजनाथ सिंहसंग भेटवार्ता गर्नेछन् । शुत्रबार दिउँसो ३ बजे बारखम्बास्थित इन्डिया काउन्सिल अफ वल्र्ड अफेयर्सको ‘लेक्चर सिरिज’ मा प्रचण्ड सहभागी हुनेछन्। त्यहाँ उनले नेपालमा विकसित पछिल्लो घटनाक्रम तथा भारत–नेपाल सम्बन्धका विषयमा आफ्नो भनाइ राख्ने कार्यक्रम रहेको छ । सुरुका ३० मिनेट आफ्नो मन्तव्य राखेपछि थप ३० मिनेट प्रश्नोत्तरमा केन्द्रित रहेर दाहालले सहभागीका जिज्ञासा मेट्ने प्रयास गर्नेछन्। साँझ पीएचडीसीसीआई बिजनेस कार्यक्रममा उद्योगी व्यवसायीसँग भेटघाट गर्ने उनको कार्यक्रम छ। शुक्रबार नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंग पनि भेटवार्ताको कार्यक्रम छ ।

दाहालको निजी सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार शनिवार प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । उनीहरुबीच शनिवार दिउँसो १२ बजेतिर भेटवार्ता हुने जनाइएको छ ।

प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग नेपालमा भूकम्पपछि भारतले गर्ने भनेको सहयोग प्रतिबद्धता, दुई देशका प्रधानमन्त्रीका सहमति÷सम्झौता कार्यान्वयन, राष्ट्रिय हित र विकाससँग सम्बन्धित रहेर कुराकानी गर्ने बताएका छन् । प्रचण्ड आइतबार स्वदेश फर्किने कार्यक्रम छ । उनी भारतबाट फर्किए लगत्तै उत्तर छिमेकी देश चीन भ्रमण जाने कार्यक्रम पनि तय भइसकेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments