काठमाडौँ : सभामुख कृष्णबहादुर महरा शुक्रबार चीन प्रस्थान गर्दैछन् । १० जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख महरा अहिले बिहान ११:३० बजे चीन जाने भएका हुन् ।
टोलीमा राष्ट्रिय पार्टीका चार सांसद र एक स्वतन्त्र सांसद पनि सहभागी छन् । सभामुख महरा एक साता चीनमा रहनेछन् । उनी भदौ २७ गते स्वदेश फर्किने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
एक साताका लागि स्थगित गरिएको प्रतिनिधिसभाको अर्को बैठक भदौ २८ गते एक बजेका लागि बोलाइएको छ ।