२१ भदौ काठमाण्डौ । बर्षाका कारण काठमाण्डौ जलमग्न भएको छ । आज परेको भारी बर्षाका कारण काठमाण्डौको मुटु मानिएको पुतलीसडक डुवानमा परेकोहो । पुतलीसडक भएर बग्ने गरेको ढल फुट्दा सकड जलमल्न भएको स्थानीयले बताएका छन् । बर्षातको समयमा हुने गरेको डुबानको समस्या समाधानमा सम्बन्धीत निकायले चासो व्यक्त नगरेको उनिहरुको गुनासो छ । सुरुबाटै मापदण्ड पुरा नगरी बनेको मानव वस्ती, अव्यवस्थितरुपमा बनेको ढल र नालीका कारण पनि केहि समय पानी पर्ने बित्तिकै पुतलीसडक मात्र नभएर उपत्यकाका अधिकाम्स भाग डुब्ने गरेको छ ।आजको बर्षाकाकारण पुतलीसडक चोक देखी न्युप्लाजासम्मका अधिकाम्स पसलहरुभित्र पानि पसेको छ ।