Thursday, June 17, 2021
घरBanner Newsभारतमा समलिंगी सम्बन्धलाई मान्यता

भारतमा समलिंगी सम्बन्धलाई मान्यता

एजेन्सी । भारतको उच्च अदालतले समलिंगी यौनसम्बन्धलाई मान्यता दिएको छ । अपराधका रुपमा रहेको समलिंगी यौनसम्बन्धलाइ अदालतले अपराधको सुचीबाट हटाएको छ । अपराधको सूचीबाट हटाएपछि दुई समलिंगी व्यक्तिबीच हुने आपसी सम्बन्ध अपराध नमानिने भएको छ । योभन्दा पहिले यसलाई अपराध मानेर दण्डस्वरुप दश वर्षको कारावास अथवा आजीवन कारावास सजाय हुने व्यवस्था थियो । चीफ़ जस्टिस दीपक मिश्रा, जस्टिस रोहिंटन नरीमन, एएम खानविल्कर, डी वाई चंद्रचूड़ र जस्टिस इंदु मल्होत्राको संयुक्त ईजालसले कानुनी मान्यता दिने फैसला गरेको हो ।

भारतीय दण्ड संहिता (आईपीसी)को धारा ३७७ मा समलैंगिक सम्बन्धालाई अपराध मानिएको थियो । सन् १९९४ मा धारा ३७७ लाई चुनौती पनि दिइयो । त्यतिबेला नै यसलाई अपराध मान्न नपाइने भनेर आवाज उठाइएका थिए । तर सर्वोच्च अदालतले यो मुद्धालाई माथि उठ्नै दिएन । सन् २००९ मा दिल्ली अदालतले समलिंगी सम्बन्धलाई मान्यता दियो । तर सर्वोच्च अदालतले दिल्ली उच्च अदालतको त्यो फैसलालाई उल्टाउँदै सन् २०१३ मा फेरि समलिंगी सम्बन्धलाई अपराधमा राख्यो ।

हालसम्म यसको विरुद्ध ३० भन्दा बढी रिट दायर भइसकेका थिए ।सर्वोच्चको फैसलापछि न्यायाधीश इन्दू मलहोत्राले समलिंगी सम्बन्ध अपराध नभएको र पहिले यसलाई अपराध मानेर सजाए दिएकाहरुलाई कडा भन्दा कडा कारबाही हुने बताइन । अर्का न्यायाधीश वाई चन्द्रचुडले समलिंगीहरुको व्यक्तिगत जीवनमा कसैले पनि हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । अदालतको फैसलापछि समलिंगीसमुदाय हर्षित भएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments