काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको कार्यालय तोडफोड भएको छ । विश्वविद्यालयको शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले आज उकपुलपतिको कार्यालय तोडफोड गरेका हुन् । स्नातकोत्तर तह र शिक्षक सेवा आयोगको परीक्षाको मिति जुधेकोले त्रिविको परीक्षा सार्न अनुरोध गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले तोडफोड गरेका हुन्।
तोडफोडबाट उपकुलपति कार्यालयका कुर्सी, दराज, झ्यालका सिसा, सोफा, टेबलमा क्षति पुगेको छ। त्रिविले भने परीक्षा सार्ने विषयमा छलफल भइरहेको जनाएको छ। तोडफोड गरेर विद्यार्थी भागेका थिए।