एजेन्सी । जापानमा शक्तिशाली समुद्री आँधी आएको भोलिपल्टै शक्तिशाली भूकम्प गएको छ । उत्तरी टापु कोक्काइदोमा गएको ६ दशमलव ७ म्याग्नेच्यूडको भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ । करिब ४० जना मानिस हराइरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्प पछि विभिन्न स्थानमा पहिरो गएको छ भने धेरै घरहरु पुरिएका छन् ।
३० लाख घरहरुमा विद्युत सेवा अवरुद्ध भएको छ । आणविक भट्टी पनि बन्द गरिएको छ । पराकम्पहरु आउन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन सचेत गराएका छन् ।विगत दुई दिन यता आँधीले व्यापक जनधनको क्षति पुर्याएको बेला जापान फेरि अर्को प्राकृतिक विपत्तिको मारमा परेको हो । २५ वर्ष यता कै ठूलो आंधी कारण कम्तिमा १० जनाको मृत्यु भएको छ ।