काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक हप्ते भारत भ्रमणमा जाँदैछन् । दिउँसो तीन बजे
नयाँदिल्लीतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाईएको छ । भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृह मन्त्री राजनाथ सिंह तथा विदेश मन्त्री सुष्मा स्वराजसहितका नेताहरुसँग भेटवार्ता गर्नेछन् ।
भारत भ्रमण सकेर फर्केको केही दिनमै चीन जाने प्रचण्डको तयारी छ । नेकपाका तल्ला निकायमा एकीकरणको प्रक्रियाले गति लिन नसकिरहेका बेला प्रचण्डको भारत भ्रमण निकै चासोका साथ हेरीएको छ ।