Wednesday, June 16, 2021
घरसमाचारनेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सर्‍यो

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सर्‍यो

 काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आजकोलागी बोलाईएको बैठक एकहप्ता सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्तताका कारण भदौ २८ गतेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टीको अनुशासन समिति र कार्यसम्पादन समिति गठन गर्नेलगायत विषयमा छलफलमा लागि बैठक बोलाइएको थियो । सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच दुवै समितिमा राख्ने नेताहरुको नामका विषयमा थप गृहकार्य गरेर २८ गतेको बैठकमा पेश गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments