Tuesday, July 27, 2021
घरBanner Newsसातै प्रदेशका मुख्यमन्त्री पोखरामा

सातै प्रदेशका मुख्यमन्त्री पोखरामा

पोखरा : सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आयोजनामा बिहीबार भेला आयोजना गरिएको हो ।

मुख्यन्त्रीहरुले हातेमालो गरेर ऐक्यवद्धता जनाउँदै भेलाको उद्घाटन गरेका छन् ।  गण्डकी सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार प्रधानमन्त्री अध्यक्ष रहने अन्तर प्रदेश परिषदको बैठक २४ भदौमा बस्ने लागेको पूर्वसन्ध्यामा देशैभरको प्रदेशका सबै मुख्यमन्त्री पोखरामा भेला आयोजना गरिएको हो । उनीहरुले अहिलेसम्म प्रदेश सरकारले भोग्नुपरेका समस्या, संघ सरकारसँगका अपेक्षा लगायत विषयमा छलफल गर्नेछन् । परिषद्मा सबै मुख्यमन्त्री सदस्य हुन्छन् । बैठकमा एकै स्वरमा प्रदेशको आवाज उठाउने गरी पोखरा भेलामा छलफल हुनेछ।

प्रदेशको अधिकार, प्रदेशका विभिन्न संरचना, कर्मचारी, प्रहरीलगायत विषयमा संघीय सरकारले बेवास्ता गरेको आरोप लाग्दै आएका बेला यो भेलाले निचोड निकाल्ने अपेक्षा गरिएको छ ।

संघ सरकारले कानुन निर्माण र कर्मचारी व्यवस्थापन नगरिदिंदा प्रदेशलाई काम गर्न अप्ठेरो परेको गुनासो मुख्यमन्त्रीहरुले गर्दै आएका छन् । यसअघि पोखरामा ७ वटै प्रदेशका मुख्य न्यायाधिवक्ताहरुको भेला भएको थियो । उनीहरुले पनि आफ्नो काम, कर्तव्य र अधिकारबारे साझा धारणा तय गरेका थिए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments