Wednesday, October 27, 2021
घरसमाचारऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पुन बंगलादेश प्रस्तान

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पुन बंगलादेश प्रस्तान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अन्नत’ आज पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बंगलादेश
प्रस्तान गरेका छन् । उनी बुधबार मध्याह्न बंगलादेशको ढाका प्रस्थान गरेका हुन् ।बंगलादेश सरकारले आयोजना गर्न लागेको ‘पावर एण्ड इनर्जी वीक’ कार्यक्रममा सहभागी हुन मन्त्री पुन ढाका गएका हुन् ।

ढाका बसाइको क्रममा प्रधानमन्त्री शेख हसिना र समकक्षी नसरुल हमिदसँग भेटवार्ता पनि गर्ने मन्त्री पुनको सचिवालयले जनाएको छ । भेटवार्तामा ऊर्जा क्षेत्रमा थप सहकार्य गर्नेबारे छलफल हुने बताइएको छ ।गत महिना नेपाल र बंगलादेशबीच इनर्जी को(अपरेशनमा हस्ताक्षर भएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments