Wednesday, October 27, 2021
घरBanner Newsअख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा  घिमिरेको नाम सिफारिस 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा  घिमिरेको नाम सिफारिस 

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेको नाम सिफारिस भएको छ । आज बसेको संवैधानिक परिषदको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए । तत्कालीन प्रमुख आयुक्त दिप बस्न्यातलाई सर्बोच्च अदालतले अयोग्य ठहर गरेपछि घिमिरे कार्यवाहक थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments