Friday, July 30, 2021
घरविश्वआरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित

आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार भएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले राष्ट्रपतिका लागि मङ्गलबार मतदान गरेका थिए । पाकिस्तानमा अहिले मामून हुस्सैन राष्ट्रपति छन् ।

पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको परिणाम बुधबार प्रमाणित गरेसँगै आरिफ अल्भी निर्वाचित भएको घोषणा गरिनेछ ।

निर्वाचन आयोगका अनुसार, अल्भीले संसदको माथिल्लो र तल्लो सदनबाट २१२ मत प्राप्त गरे । निर्वाचनमा भाग लिएका पाकिस्तान पिपुल्स पार्टीका ऐजाज अहसनले ८१ तथा पूर्व प्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लीग समर्थित मौलाना फज्लुर रहमानले १३१ मत प्राप्त गरेका थिए ।

अल्भीले चारवटा प्रान्तीय सभाबाट पनि सबैभन्दा बढी मत पाएका थिए । विपक्षी दलहरुका तर्फबाट एकजना मात्र उम्मेदवार उठाउने प्रयत्न भए पनि सम्भव भएको थिएन ।

वर्तमान राष्ट्रपति मामून हुस्सैनको कार्यकाल सेप्टेम्बर ९ मा समाप्त भएसँगै नवनिर्वाचित राष्ट्रपति अल्भीले सपथ लिने बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments