Tuesday, July 27, 2021
घरBanner Newsचितवनमा दुई किलो सुन बरामद

चितवनमा दुई किलो सुन बरामद

२० भदौ , चितवन । चितवनको नारायणगढ बजारको एक सुनचाँदी पसलबाट प्रहरीले दुई किलो ७६ ग्रम सुन र चार किलो ६ सय १७ ग्राम चाँदी बरामद गरेको छ । अवैध रुपमा किनेर बेच्न राखेको भन्दै प्रहरीले नारायणगढ पुतलीबजारमा रहेको न्यु गणेश सुनचाँदी पसलका सञ्चालक भारत महाराष्ट्र साङ्लीका राजेन्द्र शिवाजी पाटिललाई पक्राउ गरेको हो ।

प्रहरीले सुन चाँदीका साथै १२ लाख रुपैयाँ नगद पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । प्रदेश–३ प्रहरी कार्यालय हेटौंडाको अनुसन्धान समूहले दिएको विशेष सूचनाका आधारमा सुन चाँदी पसलमा प्रहरीले छापा मारेको थियो । बरामद सुन र चाँदीको बजार मुल्य एक करोड रुपैयाँ पर्ने प्रहरीको भनाइ छ ।

पाटिलले एकजना भारतीयले नै आफुलाई सुन बेचेको बयान दिएको ढकालको भनाइ छ । पक्राउ परेका पाटिललाई कारवाहीका लागि राजश्व अनुशन्धान विभाग ललितपुर बुझाईने छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments