Sunday, September 26, 2021
घरसमाचारप्रतिपक्षीहरुको सरकारलाई असफल बनाउने प्रयास : मन्त्री गुरुङ

प्रतिपक्षीहरुको सरकारलाई असफल बनाउने प्रयास : मन्त्री गुरुङ

नवलपुर । त्रिवेणी कोरला नाका संचालनको काम तिव्र गतिमा अगाडी बढाईने गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताएका छन् । राष्ट्रीय आयोजना भएकाले तिब्र रुपमा निर्माणकार्य अघिबढ्ने उनको भनाई छ ।

आज नवलपुरको कावासोतीमा प्रेस चौतारी नेपाल नवलपुर र प्रेस सैन्टर नेपालले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले नवलपुरलाई प्रदेश राजधानीसंग जोड्ने काम प्रदेस सरकारको प्राथमीकतामा रहेको बताए ।

उनले सरकारले कर बढायो भनेर अनावश्यक हल्ला फैलाउने काम प्रतिपक्षी दलले गरिरहेको आरोपसमेत लगाए । प्रतिपक्षी दलहरुले सरकारलाई असफल बनाउने प्रयास गरीरहेको बताए । उनले संघियता असफल बनाउन षडयन्त्र भइरहेको उनको आरोप छ । प्रदेश सरकारले विनियोजन गर्ने बजेटमा नवलपुर प्राथमिकतामा परेको बताउदै प्रदेशले नवलपुरलाई विशेष रुपमा हेरेको बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments