Wednesday, October 27, 2021
घरBanner Newsएसिया कप खेल्ने नेपालकाे सपना चकनाचुर

एसिया कप खेल्ने नेपालकाे सपना चकनाचुर

काठमाण्डौ । एसिया कप छनोटको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । यो हारसँगै एसिया कप खेल्ने सपना अधुरै रहृयो । सन् २०२२ सम्म एकदिवसीय क्रिकेटको मान्यता पाएको नेपालले यस पटक एसिया कपको छनोट खेलेको थियो । तर नेपालले आफूलाई छनोट प्रतियोगितामा उत्कृष्ट सावित गर्न नसक्दा मलेसियाबाट रित्तै घर फर्किन बाध्य भयो ।

क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले निके खराब ब्याटिङ गर्‍यो र ३७.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो ।
पहिलो ओभरमै ओपनर सुवास खकुरेल शुन्यमै आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले अनिलकुमार साहसँग २२ रनको साझेदारी गरे ।

आठौं ओभरको अन्तिम बलमा आउट भएका पारसले मात्र १४ रन बनाए । ज्ञानेन्द्र मल्ल र अनिलले २१ रनको साझेदारी गरे । लगतै दुबै आउट भएका छन् । अनिलले १५ र ज्ञानेन्द्रले १२ रन बनाए । नेपालले विकेट गुमाउने क्रम रोकिएन ।दीपेन्द्रसिंह ऐरी २, सागर पुन ७, सोमपाल कामी शुन्य रनमै पभेलियन फर्किए । सातौं विकेटका रुपमा सोमपाल आउट हुँदा नेपालको स्कोर मात्र ५८ रन थियो । आरिफ शेख र बसन्त रेग्मीले आठौं विकेटका लागि ३४ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे ।

आरिफ १८ रनमा आउट भए । थप ३ रन जोड्दा नेपालले बाँकी २ विकेट गुमायो र ९५ मा अलआउट भयो । बसन्त १५ रनमा अविजित रहे । नेपाललाई सस्तैमा समेट्ने क्रममा इशान खानले ७.५ ओभरमा १५ रन खर्चिएर ४ विकेट हात पारे भने मोहम्मद अजिज खान र तनवीर फैजलले २(२ विकेट लिए ।

९५ रनको झिनो लक्ष्य हङकङले ३३ औं ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका सन्दीप लामिछान एक्लैले ५ विकेट लिएपनि टिमको हार टार्न सकेनन् । हङकङका अंशुमान रथ एक्लैले ५२ रन बनाए । ८२ बलको सामना गरेका उसले तीन चौका र एक छक्का हाने । किन्चित शाहले ११ रनको योगदान दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments