काठमाडौं । आजको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासको बंगालको खाडीको प्रयास (विमस्टेक) बैठकबारे जानकारी गराए । त्यस क्रममा उनले सम्मेलन सफल भएको दावी गरेका थिए । तर विपक्षी सांसदहरुले भने विमस्टेक सम्मेलनमा विवादित सैन्य अभ्यासबारे सहमति गरिएको र रिट्रिट पनि तोकिएको ठाउँमा गर्न नसकेकोमा सरकारको आलोचना गरेका छन् । कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले विमस्टेकको कुनै एजेण्डामा नै नभएको संयुक्त सैन्य अभ्यासबारेको निर्णयले नेपालीहरु सशंकित भएको बताए । कांग्रेस सांसद मिनेन्द्र रिजालले सम्मेलन प्राविधिक र आर्थिक विषयको भए पनि सैन्य अभ्यासको निर्णय कसरी आयो भनी प्रश्न गरे । सांसद भरतकुमार शाहले गोकर्ण रिसोर्टमा रिट्रिट गर्ने भनेको बाटो बनाउन नसकेर सोल्टी होटलमा नै गर्नुपर्दा सरकारको सामर्थ्य देखिएको भनी व्यंग्य गरे ।
विवादित सैन्य अभ्यासबारे सदनमा सरकारको आलोचना
RELATED ARTICLES