Tuesday, November 30, 2021
घरसमाचारघनुषामा गोली प्रहारबाट एक जना गम्भीर घाइते

घनुषामा गोली प्रहारबाट एक जना गम्भीर घाइते

जनकपुर । धनुषामा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।जनकपुर ढल्केबर सडक खण्डअन्तर्गत धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ मा भएको गोली प्रहारबाट लक्ष्मीनिया ६ का ३४ वर्षीय सञ्जय शर्मा घाइते भएका हुन् ।

ज ५ प ७९८८ नम्बरको मोटरसाइकल चढेर घर जाँदै गर्दा मोटरसाइकल नै चढेर आएका दुई जनाले गोली हानेर भागेको शर्माले बताए ।उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शर्माको पेटमा गोली लागेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments