Wednesday, September 22, 2021
घरखेलकुदसाफ च्याम्पियनसिप : आज नेपालले पाकिस्तानसँग खेल्दै

साफ च्याम्पियनसिप : आज नेपालले पाकिस्तानसँग खेल्दै

बंगलादेश । साफ च्याम्पियनसिप फुटबल २०१८ को पहिलो खेलमा आज (मंगलबार) नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा स्थानीय समयअनुसार दिउँसो ४ बजे पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल पाकिस्तानलाई पराजित गर्दै आफ्नो सुखद् शुरुवात गर्ने लक्ष्यमा छ । तर, पाकिस्तानलाई पराजित गर्न नेपाललाई त्यति सजिलो भने छैन । किनभने नेपाल इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुद प्रतियोगिताको यु-२३ फुटबलमा २-१ गोलअन्तरले पराजित भएको थियो ।

पाकिस्तान लामो समय फिफाबाट प्रतिबन्धमा परेपछिको यो पहिलो र ठूलो प्रतियोगिता हो ।पाकिस्तान र नेपाल अहिलेसम्म १५ पटक भेट भएका छन् । नेपालले ५ खेलमा जितेको छ भने ५ खेलमा बराबरी र ५ खेलमा हार ब्यहोरेको छ । नेपालले पहिलो खेल सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग १-० गोलको पराजय भोगेको थियो ।

नेपालले पछिल्लोपटक सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपालले १-१ गोलको बराबरी खेलेको थियो । १-० गोलले पछि परेको नेपालका लागि अन्तिम समयमा विमल घर्तीमगरले गोल गर्दै बराबरी दिलाएका थिए ।

यसअघि सोमबार भएको प्री-म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले उपाधि जित्ने लक्ष्य रहेको बताएका थिए । मुख्य प्रशिक्षक महर्जनले भने ‘हामी यहाँ उपाधि जित्न आएका हौं । हाम्रो पहिलो लक्ष्य भनेको सेमिफाइनल पुग्ने त्यसपछि उपाधिका लागि जित्ने नै हो ।’

समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।

समूह ए कै अर्को खेलमा आयोजक राष्ट्र बंगलादेशले भुटानको सामना गर्दैछ । बंगलादेश र भुटानबीचको खेल स्थानीय समयअनुसार राति ७ बजे सुरु हुनेछ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments