Sunday, August 1, 2021
घरसमाचारमुलुकी संहिता संशोधन गर्नुपर्छ : काँग्रेस सभापति देउवा

मुलुकी संहिता संशोधन गर्नुपर्छ : काँग्रेस सभापति देउवा

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकी संहिता संशोधन गर्नुपर्ने बताएका छन् । चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले आज विहान गरेको पत्रकार भेटघाटमा बोल्दै सभापति देउवाले मुलुकी संहिताको धेरै विषयमा विरोध भईरहेको भन्दै यसलाई संशोधन गर्दै अघि बढ्नुपर्ने बताए । सभापति देउवाले मुलुकी संहितालाई लिएर चिकित्सकहरुले देशव्यापी गरिरहेको आन्दोलनमा काँग्रेसको सर्मथन गरेको समेत बताए ।

चिकित्सकहरुका जायज माग सम्वोधन हुनुपर्ने देउवाको भनाई छ । सभापति देउवाले मुलुकी संहिता सबैको छलफल गरेर नै ल्याएपनि अहिले विरोध सिर्जना भएकोले समय सापेक्ष अनुसार संशोधन गर्नुपर्ने प्रतिक्रिया दिए ।सभापति एवंम पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारका पछिल्ला गतिविधि सहि ढंगले अघि बढ्न नसकेको बताए ।

उनले देउवाले विमस्टेक भने सफलतापूर्वक सम्पन्न भएको बताए । सार्क र विमस्टेक फरक फरक संगठन भएकोले एकलाई अर्कोसँग जोड्न नहुने देउवाको तर्क छ ।यस्तै उनले संयुक्त सैन्य अभ्यासका बारेमा सबैको सहमति नभएकोले छलफलपछि मात्रै टुंगो लाग्ने बताए । सभापति देउवाले देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै दोषीको पहिचान गरि कारर्वाही गराउन सरकार असफल भएको टिप्पणी गरे ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments