काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक शिखर सम्मेलन सफतापूर्वक सम्पन्न भएको बताएका छन् ।आज सिंहदरबारमा आयोजित बिमस्टेक शिखर सम्मेलनको समिक्षा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगतमा उजिल्याउन पनि महत्वपूर्ण भूमिको खेलेको स्पष्ट पारे ।
उनले अन्तराष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाउन पनिसम्मेलनले योगदान दिएको निष्कर्ष पनि सुनाए । त्यस अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनबाट पर्वतीय अर्थतन्त्र, वातावरण, कनेक्टिभिटी जस्ता नेपालको राष्ट्रिय प्राथमिकतालाई स्थापित गराउन पनि सम्मेलन सफल भएको दावी गरे ।
समीक्षा बैठकले बिमस्टेक शिखर सम्मेलनका क्रममा भएको सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँगको द्विपक्षीय भेटवार्ता पनि फलदायी रहेको निष्कर्ष पनि निकालेको छ ।गएको भदौ १४ र १५ गते काठमाडौंमा आयोजित बिमस्टेक चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै भव्यताका साथ सम्पन्न भएको थियो ।