Sunday, October 17, 2021
घरBanner Newsगोपनीयताको हक हनन गरेको भन्दै म्यानमारमा दुई पत्रकारलाई सात वर्ष जेल सजाय

गोपनीयताको हक हनन गरेको भन्दै म्यानमारमा दुई पत्रकारलाई सात वर्ष जेल सजाय

बिबिसी- म्यानमारको एउटा अदालतले गोपनीयतासम्बन्धी ऐनको उल्लंघन गरेको अभियोगमा समाचार संस्था रोयटर्सका दुई पत्रकारलाई सात वर्ष जेल सजाय सुनाएको छ।

रोहिंग्यामाथिको हिंसाबारे अनुसन्धान गर्ने क्रममा उनीहरूले गोपनीयतासम्बन्धी ऐनको उल्लंघन गरेको स्थानीय अदालतको ठहर छ। प्रहरी अधिकारीहरूले दिएका दस्तावेज लिइरहेका बेला पत्रकारद्वय वा लोन र ज स ऊलाई पक्राउ गरिएको थियो।

तर पत्रकारहरुले भने आफूहरु निर्दोष भएको भन्दै आफूहरूलाई प्रहरीले फसाएको तर्क अदालतमा गरेका थिए। अदालतले उनीहरुको तर्कलाई अस्विकार गर्दै आफ्नो फैसला सुनाएको हो।

अदालतले यस्तो फैसला सुनाएपछि विश्वभर त्यसको आलोचना भएको हुनुका साथै उक्त मुद्दालाई म्यानमारमा प्रेस स्वतन्त्रताको एउटा परीक्षणको रूपमा हेरिएको छ। अदालतको फैसलापछि पत्रकार वा लोनले भने आफूले कुनै गलत काम नगरेकाले डराउन आवश्यक नभएको प्रतिक्रिया दिएका छन्।

‘मलाई कुनै डर छैन, मैले केही गलत गरेको छैन,’ अदालतको फैसला सम्मान गर्ने भन्दै उनले भने, ‘म न्याय, लोकतन्त्र र स्वतन्त्रतामा विश्वास राख्छु।’

परिवारमा स–साना बच्चा भएका ती दुवै पत्रकार सन् २०१७ को डिसेम्बरदेखि नै म्यानमारको जेलमा थिए। फैसला भने हालै सुनाइएको हो।

उक्त घटनाप्रति रोयटर्सका प्रधान सम्पादक स्टेफन एड्लरले प्रेस स्वतन्त्रताका लागि दु:खद दिन भनी टिप्पणी गरेका छन्।

‘आज म्यानमार, रोयटर्सका पत्रकारहरू वा लोन र ज स ऊ तथा प्रेस स्वतन्त्रताका लागि एउटा दुःखद दिन हो,’ उनले भने, ‘समाचार संकलन गर्नु गोपयनीयताको हनन हुन सक्दैन।’

रिहाइ गर्न राष्ट्रसंघको माग
यसैबीच, जेल सजाय सुनाइएका पत्रकारलाई रिहा गर्न संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसँग आग्रह गरेको छ।

म्यानमारका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि तथा मानवीय सहायता कार्यक्रम संयोजक प्रमुख नुट ओस्टबीले पत्रकारलाई गोपनीयताको अधिकार अन्गर्गत कैद सजाय गर्न नमिल्ने भन्दै रिहा गर्न माग गरेका हुन्।

पत्रकारद्वयलाई पुनः काममा फर्कने वातावरण मिलाउन संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसमक्ष आग्रह गरेको छ। ती पत्रकारहरुको रिहाइका लागि संयुक्त राष्ट्रसंघले आगामी दिनमा पनि लगातार आग्रह गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments