Friday, July 30, 2021
घरसमाचारठेकेदार सांसद् भए पनि सरकारले छाड्दैन : रघुवीर महासेठ

ठेकेदार सांसद् भए पनि सरकारले छाड्दैन : रघुवीर महासेठ

विराटनगर । यातायात तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले ठेक्काको पेश्की लिएर समयमै काम नगर्ने ठेकेदार सांसद् भए पनि सरकारले नछाडने दृढता व्यक्त गरेका छन् ।विराटनगर विमानस्थलमा सोमबार स्थानीय सञ्चारकर्मीसंग कुराकानी गर्दै मन्त्री महासेठले कानून सबैकालागी बरावर भएको भन्दै कानुनभन्दा माथि कोही पनि नहुने बताए ।

उनले समयमै काम नसक्ने ठेकेदार कारबाहीको भागिदार हुने बताए । उनले पप्पु कन्ष्ट्रक्सनको कामबारे संसदमा समेत कुरा उठेकाले सरकारले यसलाई गम्भीरतापूर्वक लिएको बताए । मन्त्री महासेठले पप्पु कन्ष्ट्रक्सन कम्पनीमा सांसद् हरिनारायण चौधरीले आफनो संलग्नता नरहेको बताए पनि यसबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाए ।

पप्पु कन्ष्ट्रक्सनले निर्माण गरेका अधिकांश आयोजनाको गुणस्तरमाथि प्रश्न उठेको छ । ठेकेदारबाट राजनीतिमा छिरेका हरिनारायण चौधरीले पप्पुको स्वामित्व कागजीरुपमा छाडेर छोरालाई हस्तान्तरण गरेका छन् । आयोजनाको ठेक्का लिएर समयमै काम नगर्ने केही ठेकेदारको बदमासीका कारण निर्माण क्षेत्र नै बदनाम भएको भन्दै उनले गल्ती गर्नेमाथि कारबाही गर्नुको विकल्प नभएको बताए ।

उनले समयमै काम नगर्ने मुलुक भरका १ सय ४२ ठेकेदार कम्पनीलाई १ करोडदेखि ५ करोडसम्म कार्वाही स्वरुप जरिवाना गरिएको जानकारी दिए । त्यसैगरी यातायतको सेन्डिकेट हटाउन नचाहने २ सय ४५ कम्पनीको बैंक खाता रोकेर सम्पत्ति शुद्धीकरण आयोगले छानविन गरिरहेको बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments