Thursday, August 18, 2022
घरसमाचारप्रदेश ६ र ७ मा आज गौरा पर्व मनाईंदै

प्रदेश ६ र ७ मा आज गौरा पर्व मनाईंदै

काठमाडौं: मध्य तथा सुदूरपश्चिममा सोमबार गौरा पर्व मनाईंदैछ। भाद्र कृष्णसप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रुपमा गौरा भित्र्याई अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला भई गौरा पूजन गर्ने चलन छ।

धान, सामा, कुस लगायतका बोटविरुवा प्रयोग गरी बनाईएको गौरा भगवतीको प्रतिमा धार्मिक अनुष्ठानका साथ बुधबार बेलुका गौराघर र मन्दिरमा भित्र्याइन्छ। बेलुकादेखि ब्रत बसेका विवाहित महिलाहरु बिहीबार गौरा पूजन गर्ने ठाउँमा गई घाँटीमा लगाएको धागो अर्थात् दुबधागो गौरालाई चढाउने र नयाँ धागो लगाउने गर्दछन्।

भाद्र शुक्ल पन्चमीका दिन भिजाइएको मास, गहत, गहुँ, केराउ, गुराउँस गरी पाँच प्रकारका गेडागेडी अर्थात् पन्चबिरुडाले गौरा महेश्वर अर्थात् शिव पार्वतीको पूजा गर्ने, तथा पूजा सकिसकेपछि आर्शिवाद सहित सबैलाई बाँड्ने चलन छ। ब्रतालुहरुले बिरुडा बाँडेर ठूलाबडाको आशिर्वाद लिने, ब्रत बसेकालाई प्रसादका रुपमा बिरुडा दिने र खाने चलन रहेको छ।

शुक्रबार गौरा सेलाएपछि गौरा पर्व समाप्त हुन्छ। पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथन अनुसार गौरी अर्थात पार्वतीको पूजा आराधना गरिने भएकाले यो पर्वको नाम गौरा रहन गएको विश्वास छ। साेमबार सुदूरपश्चिमी क्षेत्र तथा काठमाडौं, पोखरा लगायत ठाउँमा पनि गौरा पर्व मनाउँदै, सबैजना भेला भएर देउडा खेल्ने चलन पनि रहेको छ।

गौरा पर्वको अवसरमा सन्देश दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले यो पर्वले राष्ट्रिय एकता र दिगो शान्ती एवं आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेकी छन्। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ७ मा मनाउने गौरा पर्व हाम्रो देशको विशिष्ट पहिचान भएको भन्दै जातीय संस्कृति र विविधतालाई आपसी द्वन्द्वमा रुपान्तर गर्ने दुस्प्रयासलाई परास्त गर्दै आएको कुरा बताएका छन्।

गौरा पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वले जनजिवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरेका छन् । उनले गौरा पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना वढाउने काममा कोशेढुंगा सावित भएको बताएका छन् । उनले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments