Wednesday, September 22, 2021
घरBanner Newsचिकित्सकको आन्दोलनमा कांग्रेसको समर्थन

चिकित्सकको आन्दोलनमा कांग्रेसको समर्थन

चितवन । चिकित्सकहरुको आन्दोलनमा नेपाली कांग्रेसले समर्थन जनाएको छ ।

चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले सोमबार विहान गरेको पत्रकार सम्मेलनमा कांग्रेस सभापति देउवाले चिकित्सकका जायज माग सम्वोधन हुनुपर्ने भन्दै चिकित्सकको आन्दोलन आफ्नो पार्टीको समर्थन रहेको बताएका हुन् ।

सरकारका पछिल्ला कामकारबाही सहि ढंगले अघि नबढेको बताएका सभापति देउवाले विमस्टेक भने सफलतापूर्वक सम्पन्न भएको बताए । सार्क र विमस्टेक फरक-फरक संगठन भएकाले एकलाई अर्कोसँग जोड्न नहुने उनको तर्क छ । संयुक्त सैन्य अभ्यास सहमतीअनुसार हुन लागेको उनले बताए ।

देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै सभापति देउवाले दोषीको पहिचान गरी कारबाही गराउन सरकार असफल भएको टिप्पणी गरे ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments