Sunday, September 26, 2021
घरBanner Newsचिकित्सक आन्दोलनमा : यस्ता छन् चिकित्सकका माग

चिकित्सक आन्दोलनमा : यस्ता छन् चिकित्सकका माग

मुलुकी अपराध संहिताका केही प्रावधानप्रति आपत्ति जनाउँदै चिकित्सकहरु विरोधमा उत्रिएपछि विरामीको बिचल्ली भएको छ ।

आइतबारदेखि चिकित्सकहरुले देशभरका स्वास्थ्य सेवा केन्द्रमा उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आकस्मिक र गम्भीर प्रकृतिका बाहेक अन्य बिरामीको उपचार गरेका छैनन् ।

चिकित्सकको आन्दोलनका कारण नीजि अस्पतालमा खासै प्रभाव नपरेपनि सरकारी अस्पतालको सेवा प्रवाहमा भने असर परेको छ । चिकित्सकहरुले अपराध संहिताको दुई सय ३० देखि २४० सम्मका दफा चिकित्सा सेवा प्रतिकूल रहेको भन्दै संशोधन माग गरेका छन् ।

के छन् चिकित्सकका माग?
चिकित्सक संघले मुलुकी फौजदारी संहिताको दफा २३० मा रहेको व्यवस्था खारेजी माग गरेको छ। यो दफामा अनुभव प्राप्त व्यक्तिले सामान्य घाउ, खटिराको चिरफार गर्न सकिने व्यवस्था छ। चिकित्सकले यसको विरोध गरेका छन्। यो दफामा भनिएको छ, ‘अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानोतिनो रोग लागेको बिरामीको मानव अंगलाई कुनै खास प्रतिकूल असर नपर्ने मामुली प्रकृतिको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा, चिरफार गरी उपचार गर्नमा बाधा पुग्ने छैन।’

त्यसगैरी दफा नम्बर २३१ मा भएको व्यवस्था हटाउन पनि संघको माग छ। यो दफामा बदनियत चिताई लापरबाही तरिकाले औषधि सिफारिस र एउटा अंगको शल्यक्रिया गर्नुपर्नेमा अर्को अंगको गर्न नहुने व्यवस्था छ। यस्तो गरेर कसैको ज्यान गएमा ज्यान मारेसरह र अंगभंग भएकोमा अंगभंग गराएसरहको सजाय हुने प्रावधान छ। संघले दफा २३२ लापरबाही वा हेलचेक्य्राइँ गरी इलाज गर्न नहुने व्यवस्थाको पनि विरोध गरेको छ।

यो दफामा होसियारी, सावधानी नअपनाई लापरबाही वा हेलचेक्य्राइँ गरी इलाज गर्न, औषधि सिफारिस गर्न वा चिरफार गर्न नहुने भनिएको छ। यदि उपचार गरेर कसैको ज्यान गएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

हेलचेक्य्राइँ गरेको कारणबाट मृत्यु भएकोमा वा अंगभंग भएकोमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान संहितामा छ। लापरबाही वा हेलचेक्य्राइँ, बदनियत चिताई इलाज गर्न नहुने शब्दलाई पुष्टि गर्न विशेषज्ञ समिति बनाई छानबिन गर्नुपर्ने संघले माग गरेको छ। उनीहरूको माग सुनुवाइ गर्न विधायन समितिले सरकारलाई निर्देशन दिएको हो।

 

यस्तो छ संघले सार्वजनिक गरेको विरोध आगामी कार्यक्रम 
भदौ १८ : देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द

भदौ १९ देखि आकस्मिक बाहेकका बिरामी भर्ना गर्ने कार्य बन्द

भदौ २० देखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द

भदौ २१ देखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द

भदौ २२ देखि आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments