Sunday, October 17, 2021
घरसमाचारकांग्रेसको विधान संशोधन गर्न तीन उपसमिति गठन

कांग्रेसको विधान संशोधन गर्न तीन उपसमिति गठन

काठमाडौं । कांग्रेसको केन्द्रीय विधान संशोधन मस्यौदा समितिले गठन गरेको उप समितिलाई प्रारम्भिक मस्यौदा तयार गर्न भदौ २३ गते सम्मको समय दिईएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उप समितिलाई प्रारम्भिक मस्यौदा तयार गर्न सात दिनको समय दिईएको जानकारी गराईएको छ ।

उपसमितिलाई प्रारम्भिक मस्यौदा तयार गरी मुल समितिमा पेश गर्न भनिएको छ । भदौ १५ गते बसेको विधान संशोधन मस्यौदा समितिको बैठकले पार्टीको विधानमा गरिनु पर्ने संशोधन र परिमार्जनका विषय तथा सिद्धान्तहरुको पहिचान पश्चात प्रारम्भिक मस्यौदा तयार गर्न तिन वटा उपसमितिहरु गठन गरेको थियो ।

र्फमुल्ला मंसुरको संयोजकत्वमा चार सदस्यीय संरचना सम्बन्धी उपसमिति, डा. मिनेन्द्र रिजालको संयोजकत्वमा कार्य विभाजन सम्बन्धी उपसमिति र मानबहादुर विश्वकर्माको संयोजकत्वमा अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्बन्धी उपसमिति गठन गरेको हो । संरचना सम्बन्धी उपसमितिको सदस्यहरु आनन्दप्रसाद ढुगांना, नविन्द्रराज जोशी र महालक्ष्मी डिना छन् भने कार्य विभाजन सम्बन्धी उपसमितिको सदस्यमा दिलेन्द्रप्रसाद बडू, सीता गुरुङ र मदनबहादुर अमात्य रहेका छन् ।यस्तै अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्बन्धि उपसमिति रमेश लेखक, प्रदीप पौडेल र अमरसिंह पुन रहेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments