Sunday, September 26, 2021
घरसमाचार६ हजार डाक्टरहरुले आफ्नो लाइसेन्स काउन्सिलमा बुझाए

६ हजार डाक्टरहरुले आफ्नो लाइसेन्स काउन्सिलमा बुझाए

काठमाण्डौ । नयाँ मुलुकी ऐन संशोधन गर्न माग गर्दै ६ हजार डाक्टरहरुले आफ्नो लाइसेन्स आज नेपाल मेडिकल काउन्सिलमा बुझाएका छन् । माइतीघर मण्डलामा प्रदर्शन गरेपछि डाक्टरहरुले मेडिकल काउन्सिलको कार्यालयमा पुगेर ६ हजार डाक्टरको लाइसेन्स काउन्सिललाई बुझाएका हुन् । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले मेडिकल काउन्सिलका कार्यवाहक अध्यक्ष नारायण थापालाई लाइसेन्स बुझाएको डा. बद्री रिजालले जानकारी दिनुभयो ।

नयाँ मुलुकी ऐनमा बिरामीको उपचारमा लापर्वाही गर्ने चिकित्सकलाई ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्मको जरिवाना गरिने व्यवस्था गरिएपछि डाक्टरहरुले जोखिम लिएर बिरामीलाई बचाउन नसकिने भन्दै आन्दोलन सुरु गरेका हुन् ।

डाक्टरहरुको आन्दोलनका कारण आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प छन । नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै देशभरको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पारेको हो । डाक्टरहरुको आन्दोलनका कारण अस्पताल उपचार गर्न पुगेका बिरामी मर्कामा परेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments