Friday, July 30, 2021
घरविश्वअमेरीकाद्रारा पाकिस्तानलाई दिने भनिएको सहायता रकम बन्द

अमेरीकाद्रारा पाकिस्तानलाई दिने भनिएको सहायता रकम बन्द

१७ भदौ , एजेन्सी । अमेरिकाले पाकिस्तानलाई दिने भनिएको ३० करोड डलर बराबरको सैन्य सहयोग बन्दगर्ने निर्णय गरेको छ । पाकिस्तानले सशस्त्र लडाकु समुह नियन्त्रण गर्न नसकेको भन्दै अमेरिकाले सहायता बन्द गरेको हो । अमेरिकाबाट करोडौंं डलर सहायता लिएर पाकिस्तानले धोका दिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । पाकिस्तानलाई दिन भनिएको शिर्षकको रकम अन्यत्र खर्च गरिने अमेरिकी रक्षामन्त्रालयले स्पष्ट पारेको छ । रक्षामन्त्रालयको निर्णय संसदबाट पास हुनुपर्नेछ ।

संसदबाट पारित प्रस्ताव आगामी वर्ष देखि लागू हुने बीबीसीले उल्लेख गरेको छ । हक्कानी नेटवर्क, अफगान तालिबान लगायतका आतंकवादी समुहलाई आफ्नो भुमि प्रयोग गर्न दिएर पाकिस्तानले कुनै पनि सम्झौता पालना नगरेको अमेरिकाको आरोप छ । विदेशमन्त्री माईक पोम्प्योको ईस्लामवाद भ्रमणको केही दिन अघि ट्रम्प प्रशासनले सहयोग रोक्ने घोषणा गरेको हो । अमेरिकाले यसअघि प्यालेष्टाइन शरणार्थी एजेन्सीलाई दिने सहयोग समेत बन्द गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments