Tuesday, November 30, 2021
घरBanner News१२ घण्टापछि त्रिभुवन विमानस्थल सुचारू

१२ घण्टापछि त्रिभुवन विमानस्थल सुचारू

काठमाडौँ : १२ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू भएको छ । यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिएपछि १२ घण्टादेखि बन्द भएको थियाे । गयराति आकाशमै रहेका जहाजहरु डाईभर्ट भई नजिकका विमानस्थलमा अनवरण भएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले केहीबेरअघि मात्र दुर्घटनाग्रस्त यतिको जहाज हटाइएको जानकारी दिए । यतिको जहाज हटाइसँगै एयरपोर्ट खुला भएको उनले बताए। १२ घण्टायता करिब १२ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान रोकिएका थिए ।
नेपालगञ्जबाट चालक दलका सदस्यसहित २१ यात्रु लिएर आएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लेर घाँसे मैदानमा पुगेको थियो ।

नेपाल नागरिक उड्ययन प्राधिकरण त्रिभुवन विमानस्थल कार्यालयका अनुसार क्याथो ड्रागन एयरलाइन्सको जहाज लखनउमा अवतरण भएको थियो भने चीनको गोन्झाउबाट आएको चाइना साउदर्न एरयालइन्सको जहाज पनि काठमाडौँको आकाशमा चार फन्को बढी लगाएर कोलकतातर्फ डाइभर्ट भएको थियो । त्यस्तै विराटनगरबाट आएइको जहाज भैरहवामा अवतरण भएका थिए । श्री र बुद्धका जहाज शनिबार साढे ११ बजे नेपालगञ्ज अवरतण भएको थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments