Sunday, August 1, 2021
घरविश्वविश्व व्यापार संगठनबाट बाहिरिने ट्रम्पको चेतावनी

विश्व व्यापार संगठनबाट बाहिरिने ट्रम्पको चेतावनी

 एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठनले आफ्नो मुलुकप्रतिको व्यवहार परिवर्तन नगरे संगठनबाटै बाहिरिने चेतावनी दिएका छन् । संगठनको पछिल्लो व्यवहार अमेरिकालाई अस्वीकार्य रहेको ट्रम्पको भनाई छ। एक टेलिभिजन अन्तवार्तामा ट्रम्पले संगठनको उचित भुमिकाको कमिका कारण आफ्नो मुलुकको अर्थव्यवस्थामा असर परेकाले सुधारको आवश्यकता रहेको बताए । संगठनले विश्व व्यापारका लागि नियम बनाउनुका साथै मतभेद सुल्झाउन मद्दत गर्ने गरेको छ ।

ट्रम्प प्रशासनले लगाएका नयाँ कर प्रणाली तथा खुला व्यापार प्रतिको नितिमा ब्यापार संगठनले असहयोग गरेको अमेरिकी आरोप छ । चीन सँगको जारी व्यापार युद्ध, युरोपेली मुलुक, क्यानडा र मेक्सिकोबाट आयात हुने सामाग्रीको नयाँ कर प्रणालीका कारण विश्व समुदाय सँग अमेरिकी व्यापार सम्बन्ध तनावको अवस्थामा छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments