Tuesday, July 27, 2021
घरसमाचारबिमस्टेक सम्मेलनमा छुट्टाछुट्टै साईडलाईन वार्ता

बिमस्टेक सम्मेलनमा छुट्टाछुट्टै साईडलाईन वार्ता

काठमाण्डौ । बिमस्टेक सम्मेलनका क्रममा विभिन्न मुलुकका कार्यकारी प्रमुखबीच छुट्टाछुट्टै साईडलाईन वार्ता समेत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका समकक्षी प्रयुत चान ओचसँग भेटवार्ता गरेका छन् । सम्मेलनस्थल सोल्टी होटेलमा विहान भएको भेटमा आपसी सम्बन्ध तथा द्विपक्षीय हितका बिषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा थाई प्रधानमन्त्री ओचले १५ लाख अमेरिकी डलर बराबरको औषधी र स्वास्थ्य उपकरण प्रधानमन्त्री ओलीलाई उपहारस्वरुप प्रदान गरे । प्रधानमन्त्री ओलीले भुटान, बंगलादेश र म्यानमारका कार्यकारी प्रमुखसँग हिजै भेटवार्ता गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विहान थाईल्याण्डका समकक्षी ओच र म्यानमारका राष्ट्रपति विन मिन्टसँग आज छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । मोदीले हिजो श्रीलंका र बंगलादेशका कार्यकारी प्रमुखसँग भेट गरिसकेका छन् ।

सम्मेलनका क्रममा भुटान र बंगलादेशले पनि साईडलाईन वार्ता गरेका छन् । यसैबीच, बंगलादेश र म्यानमारका कार्यकारी प्रमुखबीच भने भेट हुन सकेन । म्यानमारको रखाईन राज्यबाट बंगलादेशमा शरण लिन पुगेका रोहिंग्या मुस्लिमको विषयमा साईडलाईन वार्ता हुने अपेक्षा गरिएको थियो । म्यानमारका झण्डै ७ लाख रोहिंग्या शरणार्थी बंगलादेशको विभिन्न शिविर शरण लिएर बसेका छन् । समुह बनाएर उनीहरुलाई म्यानमार पठाउने बंगलादेशको प्रयास सफल हुन सकेको छैन ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments