Tuesday, July 27, 2021
घरखेलकुदप्याराग्लाइडिङ टिमका खेलाडीलाई राखेपले पहिलो चरणमा ५ लाख दिने

प्याराग्लाइडिङ टिमका खेलाडीलाई राखेपले पहिलो चरणमा ५ लाख दिने

 काठमाण्डौ । एशियाडमा २० वर्षपछि रजत पदक दिलाएको प्याराग्लाइडिङ टिमका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले पहिलो चरणमा ५ लाख दिने भएको छ । एशियाडमा पदक जित्ने खेलाडीलाई परिषदले नगद पुरस्कार दिने नियम अनुसार खेलाडलाई जनही ५–५ लाख दिने भएको हो । परिषदको नियममा एसियाडको समुहगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनहि १० लाख, रजत जित्नेलाई ५ लाख र कास्य जित्नेलाई ३ लाख दिने नियम रहेको छ ।

त्यहि नियम अनुसार परिषदले विजेता खेलाडी नेपाल फर्किएको दिन नै नगरपरिक्रमा गरेर राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा खेलाडीलाई सम्मान गर्ने भएको छ । पदक विजेता टिम भदौ १८ गते नेपाल फर्किदै छ । जसमा खेलाडीलाई ५ लाख सहित, प्रमुख प्रशिक्षकलाई ३ लाख, सहायक प्रशिक्षकलाई एक लाख ५० हजार र संघलाई ५ लाख दिने भएको छ । एशियाडमा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाडिङमा सरकारी लगानी शुन्य जस्तै छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments