Wednesday, June 16, 2021
घरविश्वलिबियामा दुई समूहको झडप, २७ जना मारिए

लिबियामा दुई समूहको झडप, २७ जना मारिए

एजेन्सी । लिबियाको राजधानी त्रिपोली नजिकै भएका विभिन्न घटनामा परी कम्तीमा २७ जना मारिएका छन् । केही दिनदेखि भएका ती घटनाका कारण अन्य १०० जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । सरकारमै सम्लग्न दुई प्रतिस्पर्धी समूहहरुबीच भएको भिडन्तमा उनीहरु मारिएका हुन् । झडपमा मृत्यु भएका लडाकू र घाइतबारे स्वास्थ्य मन्त्रालयले बिहीबार पुष्टि गरेको छ ।

गएको सोमबारदेखि बुधबारसम्म भएका छुट्टा छुट्टै घटनामा उनीहरुको मृत्यु भएको समाचारमा जनाएको छ । दक्षिण पूर्वी त्रिपोलीको आइनजारा नजिकै भएका झडपमा संयुक्त राष्ट्रसङ्घबाट समर्थन प्राप्त राष्ट्रिय सहमतिको सरकारमा आवद्ध दुई समूह नै सम्लग्न रहेको सुरक्षा स्रोतले जनाएको छ ।

त्रिपोलीबाट दक्षिणपूर्वमा रहेको तरहुना शहरको उक्त दस्ता ‘तथाकथित सातौँ ब्रिगेड’ले सुरक्षाकर्मीमाथी आक्रमण शुरु गरेपछि त्रिपोलीमा तनाव आएको भए पनि उनीहरूबीच सम्झौता भएको लिबियाका गृहमन्त्री अब्देसलाम असौर बताएका छन् ।

लामो समयसम्म शासन चलाएका मोहम्मर कद्दाफिलाई सन् २०११ मा लिबियाको राजधानीबाट आन्दोलनको बलमा हटाइएपछि त्रिपोलीमा विभिन्न लडाकू दस्ताबाट पटकपटक आक्रमण प्रयासहरू भएका छन् । गएको वर्ष पनि सरकार पक्षधर समूहले केही अन्य प्रतिस्पर्धी समूहमाथि आक्रमण गरी उनीहरूलाई लिवियाबाट खेद्न सफल भएका थिए । उक्त क्रममा दर्जनौँ मानिसको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments