Sunday, August 1, 2021
घरसमाचाररेडियो नेपालका पहिलो गायक एवं वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

रेडियो नेपालका पहिलो गायक एवं वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

काठमाडौँ : रेडियो नेपालका पहिलो गायक एवं वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । बि.सं १९८२ असोज २ गते जन्मिएका रिमालको आज बिहान १ बजेर ७ मिनेटमा निधन हो । लामो समयदेखि बिरामी भई घरमै उपचाररत रिमालको ९३ वर्षको उमेरमा घरमै निधन भएको हो ।

रिमालको इच्छा अनुसार उनको पार्थिक शरीरलाई कुनै पनि सरकारी भवन वा स्थलमा नराखी उनको काठमाडौंको नयाँवानेश्वरमा रहेको आफ्नै घरमा शुक्रबार बिहान १० बजेसम्म राखी त्यसपछि पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गर्ने तयारी छ ।

नेपाली नाटक र चलचित्र क्षेत्रका निर्देशक रिमालले दर्जनौं निर्देशन एवं अभिनय गरेका थिए । उनका सयौं गीत छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments