Sunday, August 1, 2021
घरBanner Newsबिमस्टेक सम्मेलनमा सहभागी चार बिशिष्ट पाहुना आजै स्वदेश फर्कने

बिमस्टेक सम्मेलनमा सहभागी चार बिशिष्ट पाहुना आजै स्वदेश फर्कने

काठमाडौँ : बिमस्टेकको चौथो सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका भारतीय प्रधानमन्त्री मोदी सहित चार बिशिष्ट पाहुना आज नै फर्कने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, म्यानमारका राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत छान–ओ छा आज नै फर्कने भएका हुन् ।

बंगलादेश कि प्रधानमन्त्री शेख विहान एघार बजे स्वदेश फर्कदैछिन । त्यस्तै भारतीय प्रधानमन्त्री मोदी साँझ फर्कदैछन । म्यानमारका राष्ट्रपति विन मिन्ट चार बजे र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत सवा चार बजे फर्कने कार्यक्रम छ ।

भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने आज लुम्बिनी गएर शनिबार फर्कने कार्यक्रम छ । श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत छान–ओ छा बिहीबार काठमाडौँ आएका हुन् ।म्यानमारका राष्ट्रपति विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक दुई दिनअघि बुधबार काठमाडौँ आएका थिए । श्रीलंकाका राष्ट्रपति सिरिसेना भने मंगलबार नै काठमाडौँ आएका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments