काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र बिमस्टेक एकअर्काको पूरक नभएको बताएका छन् । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उदघाटन गर्दैै ओलीले बिमस्टेकप्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता रहेको बताएका हुन् ।सम्मेलनको अध्यक्षतासमेत गरिरहेका ओलीले बिमस्टेक सदस्य राष्ट्रबीच अत्यन्तै न्यून व्यापार हुनु दुखद भएको बताए । प्रधानमन्त्री ओलीले बिमस्टेक देशबीच व्यापार न्यून रहनु दुखद भएको भन्दै यसलाई बढाउन आग्रह गरे ।
सम्मेलनमा ओलीले बिमस्टेकका देशबीच व्यापार गर्दा कर कम लाग्ने वा केही अरु व्यवस्था गरेर भए पनि व्यापार बढाउनुपर्नेमा जोड दिए । बिमस्टेकको एजेन्डा अनुसार नेपाल आतंकवादविरुद्ध अरु देशसँग साझेदारी गर्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले ७ वटै देशबीच सम्पर्क सञ्जाल स्थापनामा ढिलाइ गर्न नहुने बताए ।
हाम्रा क्षमता साकार पार्न सबैभन्दा पहिला नागरिकहरूलाई गरिबीबाट मुक्त गर्नुपर्नेमा उनको जोड थियो । बिमस्टेक क्षेत्रमा आतंकवाद, संगठित अपराध, लागूऔषधको तस्करी, मानव तस्करी तथा मनि लाउन्डरिङको जोखिन्युनिकरणमा लाग्नुपर्ने उनको भनाई छ । सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओलीले विशिष्ट अतिथिहरूको सम्मानमा आयोजित रात्रीभोज होटल हयातमा शुरु हुनेछ । अन्तिम दिन महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर र काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ ।